काठमाण्डौ, २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा मधेसबाटै एमालेले बहुमत पाउने दाबी गरेका छन् । बुधबार जनकपुरधाममा एमाले मधेस प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले कांग्रेस, माओवादी एमालेबाट त्रसित रहेको आरोप लगाए । एमाले लोकप्रिय पार्टी रहेको उनको भनाइ थियो । उनले मुलुकमा जतिखेर पनि एमालेको सरकार बन्न सक्ने टिप्पणी गर्दै मधेसमा विकास चाहिए एमालेलाई भोट दिनुपर्ने बताए ।
एमालेलाई भोट नदिए कुनै पनि हालतमा मधेसमा विकास नहुने दाबी गर्दै ओलीले २०७४ सालमा आफूहरुलाई निषेध गरेको नबिर्सिएको जनाए । आफ्नो पार्टी मधेसमा पहिलो पार्टी बने पनि विभिन्न हावाहुरी चलाउनेको नेतृत्व मधेसमा रहेकाले विकास हुन नसकेको भन्दै उनले अब एमालेले नेतृत्व पाउनुपर्ने तर्क गरे ।
एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसवादी दलहरुको सत्ता लोभले मधेसको विकास नभएको दाबी गरे । उनले एमाले सदैव मधेसीको हक अधिकारको पक्षमा रहेको र एमालेले नै मधेसी जनताको अधिकार दिलाएको जिकिर गरे । महासचिव शंकर पोखरेलले मधेस प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए ।
उनले सातै प्रदेशमध्ये मधेश प्रदेश सरकार सर्वाधिक असक्षम रहेको दाबी गरे । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको जन्मभूमि, कर्मभूमि र भविष्य पनि मधेस नै रहेकाले क्षेत्रीय दलहरुको भुलभुलैयामा मधेसी जनता नफस्ने दाबी गरे ।
पार्टी सचिव तथा कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले केपी ओलीकै कारण मधेसमा आज सडक, रेल सम्भव भएको बताए । उनले मधेसी जनताले एमालेलाई भोट हाले आगामी दिनमा सिँचाइको व्यवस्था पनि आफूहरूले गर्ने उनले बताए । पोलिटब्यूरो सदस्यहरु लीलानाथ श्रेष्ठ, जुली महतो लगायतले मधेसी जनताले मधेसी दलबाट के पाए भन्ने प्रश्न गरे । एमाले बिना मधेसको विकास असम्भव भएको उनीहरूको जिकिर थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution