काठमाडौँ, २८ असोज । अभिनेत्री उषा रजकले अभिनेता राजेश हमालसँग माफी मागेकी छन् । उनले हमालको बारेमा दिएको एक अभिव्यक्तिको चर्को आलोचना भएपछि माफी मागेकी हुन् । हमालको बारेमा दिएको एक अभिव्यक्तिको चर्को आलोचना भएपछि अभिनेत्री उषा रजकले मागिन माफी ।
केही दिनअगाडि उषाले उषाले कमेडी शो ‘आम्मा कसम यहाँ दुख्छ’ मा राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ भनेर आलोचना गरेकी थिइन् । हमालको अभिनय पनि खासै नभएको र नृत्य पनि सबैलाई थाहा भएको भन्दै उनले अभिव्यक्ति समेत राखेकी थिइन् ।
अहिले भने उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै हमालसँग माफी मागेकी हुन् । उनले लेखेकी छन्, ‘म, उषा रजक, हाम्रा वरिष्ठ अभिनेता राजेश हमालजीसँग माफी माग्न चाहन्छु । मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन ।
उहाँको बौद्धिकताबाट प्रेरित, मैले हाम्रा महानायकको बारेमा, उहाँको महान् कार्य र योगदानहरूको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ । तर मेरै दुर्भाग्यवश ती अभिव्यक्तिहरू डिजिटल तारहरू बिच कहीँ कतै हराए ।
अरू कसैलाई दोष नदिई, कुनै बहाना नबनाउँदै म मनदेखि माफी माग्दछु । आखिर शब्द मेरै हुन् । मैले भनेको कुराको लागि म आफै माफी माग्दछु ।’
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution