काठमाडौँ,१४ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले व्यवस्थामा परिमार्जन गरी अवस्थामा परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपालको अवस्थाबारे अमेरिकामा सर्वपक्षीय अन्तरक्रियामा शर्माले व्यवस्था नभई अवस्थामा परिवर्तन आजको आवश्यकता भएको बताए ।
यस्तै उनले विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल नरहेको बताए । ‘विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल छैन । त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरा मात्रै हो,’ उनी भन्छन् ।
देशमा अनिवार्य जनशक्ति बाहेकलाई बाह्य व्यवस्थापन अहिलेको बाध्यता रहेको उनको भनाइ छ । अहिलेको प्राथमिकता जलविद्युत उत्पादनमा वृद्धि र वैदेशिक रोजगारको मर्यादा अभिवृद्धि भएको महामन्त्री शर्माले बताए । ‘देशमा लगानी गर्न गैह्र आवासीय नागरिकताको उपयोग बृहत्तर रूपमा गर्न जरुरी छ,’ उनले भने ।
आइतबार अपराह्न भएको कार्यक्रममा नेपालका मुख्य राजनैतिक दलहरूसँग निकट प्रवासी संगठनहरुको अमेरिकी नेतृत्व, विभिन्न जातीय र धार्मिक संघसंस्था तथा न्युयोर्कमा रहेका नेपालीहरुको सहभागिता रहेको थियो । नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिकालाई अझ विस्तारित र स्थापित गर्नुपर्ने विषयमा कार्यक्रममा जोड दिइएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution