काठमाण्डौ,१४ कार्तिक । मेलम्ची नगरपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा सुरु गर्ने भएको छ । नगरप्रमुख श्री आइतमान तामाङज्यू संग मंगलबार नेपाल तामाङ घेदुङ संघका संघिय सह-अध्यक्ष श्री कुमार घिसिङ, मातृभाषा शिक्षा अभियान्ता प्रतीक ङेसुर तामाङ र हिरामान तामाङ बीच मेलम्चीमा यस विषयमा छलफल भएको हो ।
शिक्षा अभियान्ता प्रतीक ङेसुर तामाङले स्थानीय भाषा नीति, मातृभाषा शिक्षा, तामाङ विषय शिक्षा, शैक्षिक गुणस्तर एवम् भाषा र सिकाइको सम्बन्धका विषयमा आफ्नो भनाई राख्नु भएको थियो । नगरप्रमुख तामाङले नेपाल बहुभाषिक देश भएको र यस नगरपालिकामा अधिकांश तामाङ बसोबास गर्ने र तामाङ भाषा बोल्ने भएकोले|
सङघीय कानुन र बहुभाषिकताको मर्म अनुसार नै तामाङ मातृभाषा शिक्षाको लागि कार्यक्रम र बजेट नगर अधिवेशनबाट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । साथै वहाँले शिक्षा क्षेत्रको सुधारका लागि विज्ञहरूको उपस्थितिमा कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution