काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतको अनुभवको राम्रो समीक्षा गर्दै भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
उनले विपत्तिलाई पुनःनिर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्दै विपदपछिको उद्दार, राहत र पुनःनिर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन समेत निर्देशन दिए । भूकम्पपछि सबै दल, संघीय सरकार र विभिन्न निकायहरु, प्रदेश सरकार र स्थानीय सरकारहरुले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले खोज, उद्दार र उपचारको काम मूलभूत रुपमा पुरा गरेको जानकारी दिए ।
उनले नेपाल प्राकृतिक विपदको जोखिममा रहेको देश रहेपनि चेतना अभिवृद्धि गर्न नसकेकाले अव त्यसमा गम्भीर रुपमा सोच्न जरुरी रहेको धारणा राखे । प्रधानमन्त्री प्रचण्डले यसपटक एकद्वार प्रणालीबाट जाने र राहतमा हुने दुरुपयोग रोक्ने स्पष्ट पार्नुभयो ।
आवश्यकताका आधारमा सबै पीडितलाई समान व्यवहार गर्ने नीति अनुसार सरकार अघि बढ्ने उनले बताए । बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धारको काम लगभग पूरा भएको भन्दै राहतमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution