काठमाण्डौ ३ जेठ । काठमाडौं महानगरमा मेयर बालेन शाह निर्वाचित भएको एक वर्ष पुग्दैछ । मेयरमा निर्वाचित भएपछि बालेनले केही कामहरूमा धमाधम हात हाले ।
पदभार ग्रहण गर्दा कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गरेका बालेनले केही चर्चा हुने सुरु गरे तर अधिकांश काम अधुरै रहे । उनले महानगरमा केही न केही चर्चामा आउने कामहरू गरिरहे । फोहोर व्यवस्थापन, बेसमेन्ट पार्किङ, फुटपाथ, डोजर, सुकुम्बासी बस्तीलगायत विषयमा बालेनले हात हाले, जसले गर्दा उनी सामाजिक सञ्जाल र मिडियामा छाइरहन पुगे ।
तर बालेनले थालेका कामले पूर्णता पाएका छैनन्, केही काम स्थगित नै भइसकेका छन् । यसले बालेनमा काम गर्ने हुटहुटी देखिए पनि नतिजा आउने तयारी नगरिएको देखाउँछ । शहरी विकास मन्त्रालयका पूर्व सचिव किशोर थापा भन्छन्, ‘काठमाडौंका मेयरले केही आशलाग्दो सुरुवात गर्न खोजे तर पूर्व तयारी कमजोर देखियो । सुकुम्बासी बस्ती हटाउने, फुटपाथ व्यवस्थापन गर्ने काम जटिल हो तर तयारीसहित काम नगर्दा तत्काल नतिजा आउन सकेको देखिंदैन ।’
उनी बालेनको एक वर्षलाई आशा जगाउने हुटहुटीका रूपमा व्याख्या गर्छन्, ‘एकै वर्षमा नतिजा त आउँदैन, महानगरवासीले महसुस हुने गरी काम हुन्छ कि भन्ने आशा चैं देखिन्छ । तर, त्यसको लागि महानगरले तयारीसहितको कदम चाल्न आवश्यक छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution