काठमाण्डौ, २२ कार्तिक । भारतका चर्चित र्यापर हनी सिंहले सम्बन्धविच्छेद गरेका छन् । बिहे गरेको १२ वर्षपछि श्रीमती शालिनी तलवारसँग हनीले पारपाचुके गरेका हुन् । लामो समयसम्म उनी आफ्नो विवाहित जीवनलाई लिएर चर्चामा थिए । दिल्लीको फ्यामिली कोर्टले सिंह सम्पत्तिलाई अलग्गिने मन्जुरी दिएको छ । साढे २ वर्षदेखि सम्बन्ध विच्छेदको मुद्दा अदालतमा विचाराधीन थियो ।
शालिनीले हनीलाई घरेलु हिंसाको आरोप लगाएकी थिइन् । अदालतले सम्बन्धविच्छेदलाई अनुमति दिनु अघि हनीलाई अन्तिम पटक अब पनि पत्नीको साथमा रहने कोसिस गर्न चाहन्छौँ ? भनेर सोधेको थियो । यसको उत्तरमा उनले अब पनि साथमै बस्नु कुनै औचित्य नभएको उत्तर दिएका थिए । शालिनीले पनि हनीको उत्तरमा सहमति जनाएकी थिइन् ।
दुबैले एक अर्कामाथि लगाएको आरोप फिर्ता लिएका छन् । हनी र शालिनीले लभ म्यारिज गरेका थिए । लामो समयसम्म एक अर्कालाई डेट गरेपछि सन् २०११ मा सिख रीतिरिवाजअनुसार दुबैको बिहे भएको थियो । शालिनीसँग उनको अफेयरको चर्चा चल्न थालेपछि एउटा रियालिटी शोमा हनीले आफूले शालिनी आफ्नो पत्नी भएको अनि बिहे भएको तीन वर्ष भइसकेको खुलासा गरेका थिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution