काठमाण्डौ, ३० कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का नगर प्रमुख इश्तियाक अहमद खाँले आफूले पाउने ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् ।
भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै मेयर खाँले भूकम्प पीडितहरुको पुनर्स्थापना, गाँस, बास र आवास लगायतका व्यवस्थापनका लागि सहयोग होस् भनेर ६ महिनाको सुविधा बराबरको रकम दुवै जिल्लाका पीडितहरुलाई समान रुपमा प्रदान गर्ने बताएका हुन् । भैरहवाका मेयर खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउने गरेका छन् ।
भूकम्पले मानवीय र भौतिक रुपमा धेरै क्षति पुर्याएको छ, मानवीयताले पनि हामी सबै नेपालीले दुःखमा परेका नेपालीलाई सहयोग गर्ने भावना हुनुपर्छ,’ उनले भने, ‘सोही भावना अनुसार थोरै सहयोगले भए पनि पीडितहरुलाई सहयोग होस् भनेर मेरो ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हुँ ।’
मेयर खाँले घोषणा गरेको सहयोग रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal र रमाईलो कुरा फेसबुक पेज अनि cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution