


काठमाण्डौ, ६ मंगसिर । नगरप्रमुख आइतमान तामाङज्यूले सुविधा सम्पन्न भवन निर्माणसँगै सेवाग्राहीले सहज र सरल रुपमा सेवा लिने अवसर पाउनु पर्ने बताउनुभएकाे छ । ९ नं. वडा कार्यालयकाे नवनिर्मित भवनकाे बुधबार उद्घाटन गर्दै प्रमुख तामाङले वडा कार्यालयले प्रवाह गर्ने सेवा सर्वसाधारणले स्थानीय सरकारले दिने सेवाकाे अनुभूत गर्ने माध्यम भएकाे धारणा राख्नुभएकाे हाे ।
। उहाँले आफ्नाे पहिलाे प्राथमिकता समृद्ध नगर बनाउने भएकाले त्यसै अनुसार बजेट विनियाेजन गर्ने गरिएकाे बताउनुभयाे । तामाङले विकास निर्माणका क्रममा कामकाे गुणस्तर र परिणाममा कुनै सम्झाैता नगर्ने प्रतिवद्धता दाेहाेर्याउनुभयाे । मेलम्ची नगरपालिकाकाे दुई कराेड ६४ लाख ९७ हजार ।
रुपैयाँको लागतमा जुगल हिमिशखर – केदार निर्माण सेवा जेभीले उक्त भवन निर्माण गरेकाे हाे । वडा अध्यक्ष किरण दिप खड्काको सभापतित्वमा सम्पन्न उद्घाटन समाराेहमा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाअध्यक्षहरु नगेन्द्र प्रसाद खतिवडा, राजु रायमाझी, अमृत खनाल, गणेश तामाङ, नगरपालिकाका कर्मचारी, निर्माण व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधि , स्थानीय वासिन्दाहरुकाे सहभागिता थियाे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution