


काठमाडौं ८ मंसिर । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईको नागरिक बचाऊ अभियानका कार्यकर्ताहरु काठमाण्डौको तिनकुनेबाट पक्राउ परेका छन्। प्रसाईको अभियान अन्तर्गत आन्दोलनका लागि तीनकुनेमा भेला भएका उनका समर्थकलाई प्रहरीले धरपकड गरेको थियो। सोक्रममा ७ जना जति पक्राउ परेका छन्।
उनीहरूलाई भ्यानमा हालेर प्रहरी चौकी लगिएको छ। पक्राउ परेकाहरूको नाम ठेगाना प्रहरीले खुलाएको छैन। प्रसाईले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाण्डौले भने अनुमती नलिई भेला भएका कारण नियन्त्रणमा लिइएको जनाएको छ।
। काठमाडौं जिल्ला प्रशासनले भने तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिएको थियो। अहिले तीनकुनेमा प्रहरी बाक्लो रूपमा परिचालन गरिएको छ।
त्यहाँ हिँड्डुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ। शंकास्पद व्यक्तिमाथि प्रहरीले निगरानी खानतलासी गरिरहेको छ। तर प्रसाईँले भने आफ्नो आन्दोलन नरोकिने बताएका छन् । दुर्गा प्रसाईको नागरिक बचाऊ अभियानका कार्यकर्ताहरु काठमाण्डौको तिनकुनेबाट पक्राउ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal र रमाईलो कुरा फेसबुक पेज अनि cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution