• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२४ भाद्र २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

३ दिन अघि
२

सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

४ दिन अघि
३

आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

४ दिन अघि
४

नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

५ दिन अघि
५

अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

१ हफ्ता अघि
६

सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

१ हफ्ता अघि
७

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

१ हफ्ता अघि
८

सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

१ हफ्ता अघि
९

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

१ हफ्ता अघि
१०

सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

१ हफ्ता अघि
११

त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

१ हफ्ता अघि
१२

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

    ३ दिन अघि
  • २

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

    ४ दिन अघि
  • ३

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

    ४ दिन अघि
  • ४

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    ५ दिन अघि
  • ५

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

    १ हफ्ता अघि
  • ६

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

    १ हफ्ता अघि
  • ७

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    १ हफ्ता अघि
  • ८

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

    १ हफ्ता अघि
  • ९

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

    १ हफ्ता अघि
  • १०

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    १ हफ्ता अघि
  • सरकारको बेवास्ताले थप उग्र बन्न सक्छ, हाम्रो आन्दोलन : दुर्गा प्रसाईं

    CB Nepal१ साल अघि

    काठमाण्डौ,११ मंगसिर । सरकार जनताको अभिभावक हो । जनतालाई कुनै व्यक्ति वा संघसंस्थाले ठगे भने तिनलाई कारबाही गर्ने पनि सरकार नै हो । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक वर्षअघि बैंक तथा वित्तिय संस्थाको ज्यादतीबारे बोलेका थिए । बैंक, सहकारी र लघुवित्तले आम नागरिकलाई आत्महत्या गर्नुपर्नेसम्मको स्थितिमा पुर्याएको उनले बताएका थिए । उनले पटकपटक सो कुरा भने तर सरकारले सुनेन् । सरकारले बेवास्ता गरेपछि उनले बैंक, सहकारी तथा लघुवित्तका सञ्चालकलाई कालोमोसो दल्ने र जुत्ताको माला लगाउने घोषणा गरे । यसले एक किसिमको आतंक नै फैलायो । तैपनि सर्वसाधारण प्रसाईंकै समर्थनमा थिए । किन कि बैंक तथा वित्तिय संस्थाले गरेको ज्यादतीले सीमा नाघिसकेको थियो । बैंक तथा वित्तिय संस्थाका कारण लाखौंले आफ्नो जायजेथो गुमाइसकेका थिए, सयौंले ज्यान गुमाइसकेका थिए ।

    तर, सर्वसाधारणको पीडा कसले देख्ने ? सर्वसाधारणहरु बैंक, सहकारी, लघुवित्तलाई ‘चोर’ भन्दै आएका थिए । यद्यपि, उनीहरुले यो कुरा बाहिर ल्याउन सकेका थिएनन् । उनीहरु नेतृत्वको खोजीमा थिए । त्यतिबेलै प्रसाईं निस्किए । उनले बोल्दासमेत बैंकका सञ्चालकहरुको सातो उड्थ्यो । प्रसाईंदेखि डराएका बैंक तथा वित्तिय संस्थाका सञ्चालकहरु त्यसपछि आफ्नो गुहार लिँदै उच्च पदस्थहरु कहाँ पुगे ।

    उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग आफ्नो कुरा राखे । उनीहरु माग थियो,‘हाम्रो विरोधमा बोल्नेलाई कारबाही गर्नुपर्छ । हामीले सर्वसाधारणलाई लुट्न पाउनुपर्छ ।’ उनीहरुले सरकारसँग सुरक्षाको समेत माग गरेका थिए । सरकारले सर्वसाधारण ठग्ने बैंक तथा वित्तिय संस्थाका सञ्चालक र कर्मचारीलाई कारबाही गर्नुपर्थ्यों तर उल्टो भयो ।

    गृहले बैंक तथा वित्तिय संस्थाको विरोधमा बोल्नेलाई कारबाही गर्नु भनि ७७ जिल्लाकै सिडियो कार्यालयलाई पत्राचार गर्यो । जबकी पीडामा सर्वसाधारण थिए । पीडितले बोल्न पनि नपाउने ? बैंक तथा वित्तिय संस्थाका कारण कति सुकुम्बासी भए ? सरकारसँग तथ्याङ्क छ ? व्यापार गर्ने नाममा सर्वसाधारणलाई आत्महत्या गर्नपर्ने अवस्थामा पुर्याउन पाइन्छ ?

    सरकारले सर्वसाधारण ठग्न बैंक तथा वित्तिय संस्थालाई थप प्रोत्साहन गर्यो । मुलुकको उच्च पदस्थहरुलाई हातमा लिएर बैंक, सहकारी, लघुवित्तले ठग्दै आएको प्रष्टै छ । ठग्न पनि नछोड्ने अनि बोल्न पनि नदिने । आफू ठगिएको भनेर पीडा राख्न पनि नपाउनु ? बैंक तथा वित्तिय संस्थाले ऋणीको एक करोडको धितो ५० लाखमै खाइदिन्छन् । मीटरब्याजमा लगानी गर्छन् ।

    जनतालाई सहुलियतपूर्ण ऋण दिने भनेर स्थापना गरिएको बैंक तथा वित्तिय संस्थाले हजारौंको उठीबास लगाइदिएका छन् । करोडपतिहरु सडकपति बनेका छन् । नाफा कमाउन जे पनि गर्न पाइन्छ ? बैंक तथा वित्तिय संस्था ‘दलाल’ हरुको संस्था हो भन्ने कुरा सर्वसाधारणले थाहा पाइसकेका छन् । विडम्बना, सरकारले चिन्दैन् । गृहमन्त्री श्रेष्ठले केही समयअघि बैंकका सिईयोहरुलाई बोलाएर भोज लगाए ।

    सर्वसाधारण पीडामा छन्, सरकार पीडकहरुलाई बोलाएर भोज लगाउँछ । देशको सरकार नै माफियाहरुको पक्षमा छ अनि सर्वसाधारणले कसरी न्याय पाउँछन् ? बैंक तथा वित्तिय संस्थाका कारण करोडौं जनता पीडामा छन् । चाहे त्यो ऋणी होस् या निक्षेपकर्ता । प्रसाईंले यो विषयलाई उठाए । जसका कारण सर्वसाधारण उनको पक्षमा लागे । जब प्रसाईंले आन्दोलनको शुरुवात गरेका थिए, उनले तब राजतन्त्रको विषयमा बोलेका थिएनन् ।

    न हिन्दूराज्यको माग गरेका थिए न व्यवस्थामाथि धावा बोलेका थिए । उनले बोलेको बैंक तथा वित्तिय संस्थाको विरोधमा मात्रै थियो, त्यो पनि सर्वसाधारणको हितमा । तर, सरकारले नसुन्दा अहिले उनी उग्र भए । कुरा सडकसम्म आइपुग्यो । सरकार नै प्रसाईंदेखि झस्किनुपर्ने अवस्थामा पुगेको छ । सर्वसाधारणलाई सडकमा उत्रिन बाध्य बनाउने प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत र गर्भनर अधिकारी हुन् ।

    सरकारले बेलैमा सर्वसाधारणको कुरा सुनेको भए, आज सडकसम्म आउनुपर्ने स्थिति नै बन्दैन्थ्यो । बैंक तथा वित्तिय संस्थाको ठगीधन्दाको विरोधमा शुरु भएको आन्दोलन अहिले राजतन्त्रपट्टी मोडिएको छ । सर्वसाधारणहरुले गणतन्त्र चाँहिदैन् भन्न थालिसकेका छन् । यता, लघुवित्त पीडितहरुले पनि आन्दोलनको घोषणा गरिसकेका छन् । यता, सहकारी पीडितहरु पनि उत्तिकै छन् ।

    सरकारले सर्वसाधारण ठग्ने बैंक, सहकारी र लघुवित्त सञ्चालकलाई कारबाही गर्ने हो भने अहिलेको यो आन्दोलन सकिन्छ । सरकारले बेवास्ता गर्दा त आम नागरिकले व्यवस्थामाथि प्रश्न उठाएका हुन् । ५० लाखको धितो राखेर ऋणीले १० लाख रुपैयाँ पाउँछन् । बैंकहरुले कर्जा दिने बेलामा ९ प्रतिशतको दरले दिन्छ । तर, त्यसको एकाध महिनामै १८ प्रतिशत व्याज पुर्याइदिन्छन्, त्योपनि ऋणीलाई सोध्दै नसोधी ।

    ऋणीहरुले कर्जा लिने बेलामा पनि घुस खुवाउनुपर्छ । यता, तीन किस्ता नतिर्नेबित्तिकै बैंकहरुले धितो खाइदिन्छ । ५० लाखको धितो १० लाखमै खाइदिएपछि ऋणीहरु सुकुम्बासी भएनन् ? यो त बैंकको कुरा । सहकारी र लघुवित्तले दिएको पीडा झन् ठूलो छ । सहकारी र लघुवित्तले ६० प्रतिशतसम्म ब्याज लिएको कुरा पनि यसअघि सार्वजनिक भइसकेको छ । प्रधानमन्त्री प्रचण्डले भन्दै आएका छन्,‘यो व्यवस्था कसैले उल्टाउन सक्दैन् ।’

    तर, के कारणले सर्वसाधारण सडकमा आएका छन् ? भन्ने उनलाई थाहा छैन् । सर्वसाधारणले राजा चाहेका छैनन् । हिन्दूराज्य उनीहरुलाई चाहिएको छैन् । सरकार ‘एक्सन’ मै नगएपछि बाध्य भएर उनीहरुले राजतन्त्रको माग गरेका हुन् । राज्य सञ्चालककै कारणले राजतन्त्र र हिन्दूराज्यको कुरा उठेको स्पष्ट छ । यतिबेला गल्ती प्रसाईंको होइन्, राज्य सञ्चालकहरुको देखिएको छ ।

    जनताको मुद्दा–मामिला, समस्यामा सरकार गम्भीर हुनुपर्ने हो । जनता कुन अवस्थामा छन् ? उनीहरुका के–के समस्या छन् ? सरकारले यी कुरा बुझ्नुपर्छ । त्यसको निकास जनतालाई दिनुपर्छ । तर, सरकारमा बस्नेहरु सबै माफियाको पक्षमा भए । जनताप्रति कोही जिम्मेवार नै छैनन् । जसले आफ्नो पक्षमा बोल्छ, उसको पछाडि लाग्नु स्वाभाविकै हो । अहिले ठ्याक्कै त्यस्तै भएको छ ।

    अधिकांशको घरजग्गा, सेयर, गाडी बैंकको नाममा छ । यसअघि पनि पटकपटक ब्याज मँहगो भयो भन्दै आन्दोलन भयो । जिल्ला–जिल्लाबाट सर्वसाधारण आन्दोलन गर्न काठमाडौं आए । कालोपट्टी बाध्य जिल्लामा पनि प्रदर्शन गरियो । तर, सरकारले वास्ता गरेनन् । लघुवित्तले दिएको तनावका कारण महिलाहरुले आत्महत्या गरे । दिनभर जंगलमा गएर लुकेर बस्ने र राति घर फर्किनेसम्मको अवस्था लघुवित्तले बनाइदिएको थियो ।

    यो कसैको व्यक्तिगत समस्या होइन् । यद्यपि, सरकारले त्यस्तै गर्यो । अनि विकल्प आन्दोलनबाहेक केही रहेन् । सरकारले बैंक तथा वित्तिय संस्थाका सञ्चालकलाई कारबाही गर्छौं भन्ने हो भने अहिलेको आन्दोलन त्यत्तिकै तुहिन्छ । जनता आ–आफ्नो घर फर्किन्छन् । बैंक तथा वित्तिय संस्था पीडितको आन्दोलनको फाइदा पूर्वराजा ज्ञानेन्द्र र राप्रपाले लिएको छ ।

    अझपनि सरकार टुलुटुलु हेरेर बस्ने कि ? आन्दोलनमा आएका सर्वसाधारणलाई लाठीले कुट्ने र अश्रुग्याँस प्रहार गर्ने हो भने उनीहरु झनै उग्र हुन्छन् । सरकारले उनीहरुको समस्या बुझेर समाधानको बाटो समात्न अबेर भइसकेको छ । बैंक तथा वित्तिय संस्थाले राजनीतिक दल, सुरक्षाकर्मी, सरकारी कर्मचारी, पत्रकार, व्यापारी, सर्वसाधारणलगायत सबैको पैसा खाइदिएका छन् ।

    सबैलाई ठगेका छन् । हरेकले बैंक तथा वित्तिय संस्थाको ठगीको बारेमा आवाज उठाइरहेका छन् तर सरकार सुन्दैन् । प्रसाईं एउटा व्यक्ति हो । व्यक्तिले आह्वान गर्नेबित्तिकै यत्रो जनता सडकमा आए । सर्वसाधारण कति पीडामा रहेछन् भन्ने त यहाँबाट प्रष्ट भयो । प्रचण्डले आन्दोलनमा आएका सर्वसाधारणको आवाज सुनिदिनुपर्छ । मुलुक मुठभेडतर्फ लैजानु भएन् । सरकारले नसुन्ने हो भने आन्दोलन झन् ठूलो बन्न सक्छ ।अनुसा थापा भक्तपुर।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
  • अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
  • सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
  • सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार
    ३ दिन अघि

  • २

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
    ४ दिन अघि

  • ३

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार
    ४ दिन अघि

  • ४

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति
    ५ दिन अघि

  • ५

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
    १ हफ्ता अघि

  • ६

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
    १ हफ्ता अघि

  • ७

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
    १ हफ्ता अघि

  • ८

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
    १ हफ्ता अघि

  • ९

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
    १ हफ्ता अघि

  • १०

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    १ हफ्ता अघि

  • अन्य सबै
    ५ दिन अघि

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    ३ हफ्ता अघि

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution