


काठमाडौं,१२ मंसिर । प्रहरीले काठमाडौंको गौशालाबाट ‘धर्मगुरू’ भनिने आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ।दुर्गा प्रसाईं पक्षले सोमबार गौशाला क्षेत्रमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा आचार्य श्रीनिवासले पनि बोलेका थिए।
प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरूद्ध गरेको र प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा आचार्य श्रीनिवासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
आचार्य श्रीनिवासलाई नियन्त्रणमा लिएर गौशाला प्रहरीमा राखिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए। उनीमाथि मुद्दा चलाउने प्रहरीको तयारी छ। सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै उनीमाथि मुद्दा चलाउने तयारी गरिएको हो।
यसअघि नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले गत असोजमा आचार्य श्रीनिवासलाई पक्राउ गरेको थियो। हिन्दुको विरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले त्यसको अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution