काठमाण्डौ, १२ मंगसिर । ह्याण्डीक्याप इन्टरनेशनल फेडेरेशन नेपालको साझेदारीमा टुकी संघ सुनकोशीले नगरपालिकाद्वारा संचालित मेलम्ची नगर अस्पताललाई फिजियो थेरापी सेवा केन्द्र स्थापना र संचालनको लागि आवश्यक सामाग्री प्रदान गरेको छ।
मंगलबार नगर प्रमुख श्री आइतमान तामाङज्यु, उपप्रमुख श्री उमा प्रधानज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्रज्यूको उपस्थितिमा टुकी संघ सुनाकोशीका कार्यकारी निर्देशक श्री ज्ञानेन्द्र प्रसाद पौडेलले अस्पतालका प्रमुख डा. श्रीराम अर्याल र प्रशासन अधिकृत ज्ञानेन्द्र सिग्देललाई हस्तान्तरण गर्नु भएको हो । अपाङ्गता भएका महिला बालबालिका र संकटासन्न व्यक्तिहरुको शारिरिक पुर्नस्थापनाका लागि संस्थाले रु: ८,८८,२२० (आठ लाख अठासी हजार दुई सय दुई रुपियाँ ) बराबरको उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । नगर प्रमुख आइतमान तामाङको उपस्थितिमा मेलम्ची नगर अस्पताललाई फिजियो थेरापी सेवाका लागि आवश्यक सामाग्री हस्तान्तरण ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution