काठमाण्डौ, १३ मंगसिर । भारतका चर्चित क्रिकेटर विराट कोहली विश्वकपमा भारतको हारयता चुपचाप बसिरहेका छन् । अष्ट्रेलियाविरुद्धको टी–२० सीरीजमा उनलाई खेलाइएको छैन । उनी आराम गरिरहेका छन् । यसैबिच विराटले इन्ष्टाग्रामको स्टोरीमा एउटा फोटो शेयर गरेका छन् । यो फोटो देखेर फ्यानहरु पनि अचम्मित भए । फोटोमा विराट सुन्निएको आँखा, नाकमा पट्टी र अनुहारभरि चोटैचोटमा देखिएका छन् । यो देखेर उनका केही फ्यानहरुले डराएर ‘सबै ठिक त छ नि ?’ भनेर सोधेका थिए । कोहलीले यस्तो चोटग्रस्त फोटो किन शेयर गरे भन्ने कुराको खुलासा गरेका छैनन् । विराटले यो फोटो स्टोरीमा हालेपछि भने फ्यानहरु चिन्तित भएका थिए । स्टोरीमा उनले लेखेका थिए, ‘’तपाईले दोस्रो व्यक्तिलाई हेर्नु पर्थ्यो ।’
यो कुनै प्र्याङ हो वा होइन ? त्यो दोस्रो व्यक्ति विराटकी पत्नी बलिउड अभिनेत्री हुन् वा अरु कोही ? यसलाई उनले गोप्य राखेका छन् । हालै भएको विश्वकपमा विराटले शानदार प्रदर्शन गरेका थिए । भारतले फाइनलमा हारेपनि कोहलीको व्यक्तिगत प्रदर्शन भव्य थियो । पछिल्लो विश्वकपमा विराटले ११ खेलमा ७६५ रन बनाएर नयाँ विश्व रेकर्ड बनाएका थिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution