काठमाण्डौ, १३ मंगसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भुटानी शरणार्थी प्रकरण पुर्पक्षका लागि थुनामा रहेका नेता बालकृष्ण खाँणले न्याय पाउने बताएका छन् । मंगलबार रुपन्देही काँग्रेसको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्धामा धेरै बोल्न उचित नहुने भन्दै उनले भने– ‘बालकृष्ण खाँणले न्याय पाउनुहुनेछ,। वकिल साथीहरु लागेछन्, मलाई विश्वास छ । पुर्वप्रधानमन्त्री समेत रहेका उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनका लागि सम्बन्धित सरोकारवालाहरुसगँ छलफल गर्ने बताए ।‘विमानस्थल संचालनका लागि आवश्यक पर्ने पूर्वाधार तथा कार्यालयहरु कुनै पनि खोलिएका रहेनछन्’।
उनले भने, ‘काठमाण्डौ गएर विमानस्थल पूर्ण रुपमा संचालनका लागि सरकार, सम्बन्धित मन्त्री र सरोकारवालालाई बोलाएर कुरा गर्छु ।’उनले विमानस्थल पूर्ण रुपमा संचालनमा ल्याएर अन्तराष्ट्रिय विमान उडाइने बताए । जिल्ला सम्मेलनले पार्टी पूर्ण रुपमा एक भएको सन्देश दिने उनले बताए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution