काठमाडौं, १८ मंगसिर । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आफ्नो लोगो (प्रतिक चिन्ह) सार्वजनिक गरेको छ । मेलम्ची नगर समृद्धिको आधार,कृषि पर्यटन, उद्योग र जलाधार भन्ने लक्ष्यका साथ नागरिकहरुको सहज र सरल पहुँचमा सार्वजनिक सेवा प्रवाहका लागी प्रतिबद्ध नगरपालिकाले आफ्नो छुट्टै लोगो प्रतिक चिन्ह सार्वजनिक गरेको हो । नगरपालिकाले गत असोज ४ गते लोगो डिजाइनका लागी प्रस्ताव आह्वान गरेको थियो । सार्वजनिक लोगोमा नेपालको झण्डा, पर्यटकीय क्षेत्र गुफाडाँडामा पदयात्री, हरियो पहाड र उर्बर भूमिको किनारा हुँदै बगेको मेलम्ची र इन्द्रावतीको दोभान, स्वच्छ र शान्तीको प्रतीकमा नीलो रङको हात, पहेँलो अन्न कृषिलाई उजागर गरिएको र जलश्रोतको धनीका रुपमा पहिचान गरिएको मेलम्चीलाई पानीको थोपाको आकार दिइएको डिजाइनर विजेन्द्र श्रेष्ठले जानकारी दिए ।
नगर प्रमुख आइतमान तामाङले नगरपालिकाको पहिचान झल्किने लोगो निमार्ण भएकोमा खुशि ब्यक्त गरेका थिए । उनले डिजाइनरलाई धन्यवाद दिँदै अब सो लोगोलाई चलनचल्तीमा ल्याउने जानकारी दिए । लोगोको लागी ५ जनाले प्रस्ताव गरेकोमा श्रेष्ठले डिजाइन गरेको लोगो नगरपालिकाले छनोट गरेको हो । नगरपालिकाको पहिचान झल्किने लोगो निमार्ण भएकोमा,नगर प्रमुख आइतमान तामाङ द्वारा खुशी ब्यक्त । मेलम्ची नगरपालिकाको आफ्नै अफिसियल लोगो यस्तो बन्यो,।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution