काठमाण्डौ,१८ मंगसिर । मुम्बई । डिसेम्बर १ मा रिलिज भएदेखि नै फिल्म एनिमलले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यस फिल्मका सबै स्टार कास्ट चर्चित र ठूला कलाकार हुन् । प्राप्त जानकारी अनुसार रणवीर कपुरले एनिमलका लागि ३० देखि ३५ करोड भारु शुल्क लिएका थिए । उनले आफ्नो पारिश्रमिकको केही हिस्सा यो फिल्म बनाउन लगाएका थिए ।
रणवीरले फिल्मको नाफामा आफूले हिस्सा लिने बताएका थिए । वास्तवमा रणवीरले एउटा फिल्मका लागि ७० करोड भारु पारिश्रमिक लिन्छन् । तर भूषण कुमार र सन्दीप रेड्डी वांगालाई समर्थन गर्न, उनले आफ्नो शुल्क ५० प्रतिशतभन्दा बढी घटाएका थिए । फाइनान्सियल एक्सप्रेसको रिपोर्ट अनुसार बबी देओलले ४–५ करोड रुपैयाँ पाएका छन् । जहाँ रश्मिका मन्दानाले ४ करोड र अनिल कपूरले २ करोड पाएका छन् । फिल्ममा रणवीरको अभिनय देखेर निर्देशक वांगाले रणवीर जस्तो कलाकारलाई यसअघि कहिल्यै नभेटेको बताएका थिए। रणवीरको अभिनय देखेर कहिलेकाहीँ सन्दीपको खुट्टा छुन मन लाग्ने उनको भनाई थियो ।
रणवीरले आफ्नो १६ वर्षको करियरमा जम्मा २० फिल्म गरेका छन् जसमध्ये ११ फिल्म फ्लप र ९ हिट भएका छन् । करियरको दृष्टिकोणले रणवीरका लागि एनिमलको सफलता धेरै महत्त्वपूर्ण छ। रणवीरको यो फिल्मले दुई दिनमा नै विश्वभर २३६ करोड भारु कमाएको छ । फिल्मले पहिलो दिनमै ११५ करोड कमाएको थियो । यो कलेक्सनसँगै रणवीरले आफ्ना अघिल्ला सबै फिल्मको कीर्तिमान तोडेका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution