



काठमाडौँ १८ मंसिर । राष्ट्रिय संगीतकर्मी संघ काठमाडौँका अध्यक्ष तथा म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठको जन्मदिनको अवसरमा न्यानो सिरक वितरण सम्पन्न भएको छ। सोमबार तारकेश्वर ३ ठुलागाउँस्थित मातृ नेपाल बाल गृहका बालबालिकाहरुका लागि न्यानो सिरक वितरण तथा भोजन कार्यक्रम सम्पन्न भएको हो।
श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा बाल गृहमा रहेका ४५ जना बालबालिकाहरुलाई जाडोमा न्यानो सिरकको साथै बिहानको पूर्ण भोजन गराएर आफ्नो जन्मदिन मनाएको राष्ट्रिय संगीतकर्मी संघका प्रवक्ता दिपिका खड्काले जानकारी दिईन।

उक्त कार्यक्रममा बोल्दै श्रेष्ठले जन्मदिनमा यसरी समाजसेवा गर्दा मन आनन्द हुने र यसरी नै सबैले जन्मदिन मनाउने परिपाटीको विकाश गरे सामाजिक मर्यादा अझ बढेर जाने बताए।साथै यस्तै सामाजिक मन भएकाहरुले गर्दा नै आफुले संस्था टिकाउन सकेको मातृ नेपाल बाल गृहका संचालक तथा अध्यक्ष नरबहादुर राउतले बताए। ।कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ काठमाडौँका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution