नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असूली गरेको गिरोहले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा नक्कली अनुसूची थपेर ८७५ जनाको नाम थपेको थियो ।
पन्थी नेतृत्वको कार्यदलले विचौलियाले रकम उठाएर आवेदन दिएकाहरुको नाम प्रतिवेदनमा नसमेटेपछि कीर्ते गरेर अनुसूची थपिएको अनुसन्धानका क्रममा खुलेको छ ।
अनुसूची ९ (क) मा विभिन्न कारणले शरणार्थी दर्ता छुट भएर तेस्रो मुलुक पुनस्र्थापनाको माग गर्दै निवेदन दिने क्याम्प बाहिर ठेगाना भएका र ९ (ख) मा क्याम्पभित्र ठेगाना भएकाहरुको नाम राखिएको थियो । उनीहरु सबैबाट कम्तिमा ५ लाख रुपैयाँदेखि ४५ लाख रुपैयाँसम्म असूली गरेर अनुसूचीमा नाम राखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
तर, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंमा गरेर जम्मा १०६ जना पीडितले मात्र किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार हालसम्म २३ वटा किटानी जाहेरी प्रहरी कहाँ परेको छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution