काठमाडौं, २४ मंगसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सहभागी सरकारबाट विभिन्न काण्ड भइरहेको भन्दै त्यसको जरोमा पुग्न आवश्यक भएको बताएका छन् ।
पार्टी मुख्यालय सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’ लोकार्पण कार्यक्रममा महामन्त्री थापाले अहिले कांग्रेस सहभागी सरकारमाथि नै प्रश्न उठ्ने गरी काण्डमाथि काण्ड थपिएको भन्दै नेपाल पुकारले त्यसको जरोमा पुगेर तथ्य बाहिर ल्याउनु पर्ने बताएका हुन् ।
‘आज हामी सरकारमा छौं । आजको दिनमा कसैले नागरिकलाई गएर सोध्यो भने कुशासनबाट नागरिकहरु आजित भएका छन् । एउटा काण्ड सेलाउन पाएको हुँदैन् अर्को काण्ड आउँछ, अहिले एनसेल काण्ड आयो यो सेलाउन पाएको हुँर्दैन् अर्को आउँछ ।’
उनले भने, ‘यो काण्डहरु कुशासनसँग जोडिएको छ । कुशासन की नियतसँग जोडिएको, की अभिव्यक्तिसँग जोडिएको छ । हामी सरकारमा भएको बेला कुशासनको घटना, काण्ड किन भइरहेका छन् ? जरामा के छ ? नेपाल पुकारले यसको बारे चर्चा गर्नुपर्छ ।’ उनले सम्पूर्ण काण्डकोहरुको सत्यतथ्य बाहिर ल्याइनुपर्ने बताए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution