काठमाण्डौ, १ पुष । सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ र संघीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय धनराज गुरुङबीच भेटवार्ता भएको छ । बुधबार एक अनौपचारीक कार्यक्रमका बिच समसामयिक बिषयमा भेटवार्ता भएको नगर प्रमुखको स्वकीय सचिब मानकाजी तामाङले जानकारी दिनुभयो ।
भेटका क्रममा नगर प्रमुख तामाङले मेलम्ची नगरपालिकालाई प्रदेश र संघीय सरकारले मेलम्चीको दिगो बिकासमा राष्ट्रिय योजनाहरुबाट टाढा राखेकाले समृद्धिका आधारहरु निर्माण गर्न कठिन भएकाले मेलम्चीको बिकासमा सहयोग गर्न आग्रह गरेको बताउनुभयो ।
बाढीग्रस्त मेलम्चीको दिगो रुपमा पुर्ननिर्माण, पुर्नस्थापना लगायत बाढीले क्षतिग्रस्त भौतिक संरचनाहरुको निर्माणमा कुनै पनि निकायबाट सोचे जस्तो सहयोग प्राप्त नहुँदा स्थानीयले सास्ती खेप्दै आइरहेको कुरा ध्यानाकर्षण गराउँदै उहाँले कृषि, उद्योग, पर्यटन र व्यवसाय लाई व्यवस्थित गर्न सके मात्र मेलम्ची नगरपालिकालाई आत्मनिर्भर र सवल बनाउन सकिने ।
सरकारको प्राथमिकतामा क्रमबद्ध बजेट विनियोजन गरी यस्ता योजनाहरुलाई समेटिदिन अनुरोध गरेको बताउनुभयो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution