काठमाडौं, ४ पुष । बागमती प्रदेश सरकारले १० अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको छ । साथै स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित १ हजार ६६९ जना कर्मचारीहरुको संगठन संरचना स्वीकृत पनि गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका अनुसार पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।
यसैगरी धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवन १०० बेडमा स्तरोन्नती हुने छन् । सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताल ५०/५० बेडमा स्तरोन्नती हुने छन् ।
प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६६९ जना (प्राविधिक सहित) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालहरूको स्तरोन्ती गर्ने निर्णय गरेको मुख्यमन्त्री जमकट्टेलले जानकारी दिए ।
बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को पुस ३ गतेकै बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौंडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णयसमेत गरेको मुख्यमन्त्री जमकट्टेलले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution