काठमाडौँ । प्रहरीले बिनु यादवलाई सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ गरेको छ । आफूलाइ घरेलु हिंसा पिडित भनेर बताउँदै उनी सिंहदरबारको दक्षिणी गेटमै धर्नामा बस्न लागेपछि प्रहरीले पक्राउ गरेको हो ।
नागरिकसम्बन्धी विषय लिएर गृह मन्त्रालयमा पुगेकी उनी त्यहाँ आफ्नो कुरा सम्बोधन नभएपछि बाहिर निस्केर गेटमा धर्ना दिन खोजेकी थिइन् । सोही क्रममा उनलाई पक्राउ गरेर वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । प्रहरीले बिनु यादवलाई सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ गरेको छ । आफूलाइ घरेलु हिंसा पिडित भनेर बताउँदै उनी सिंहदरबारको दक्षिणी गेटमै धर्नामा बस्न लागेपछि प्रहरीले पक्राउ गरेको हो ।
नागरिकसम्बन्धी विषय लिएर गृह मन्त्रालयमा पुगेकी उनी त्यहाँ आफ्नो कुरा सम्बोधन नभएपछि बाहिर निस्केर गेटमा धर्ना दिन खोजेकी थिइन् । सोही क्रममा उनलाई पक्राउ गरेर वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । हैदरावाद । एनिमल विश्वभरमा सबैभन्दा धेरै कमाउने छैटौँ भारतीय फिल्म बनेको छ । रिलिजदेखि नै फिल्मले एकपछि अर्को रेकर्ड बनाइरहेको छ ।
यो पनि पढ्नुहोस…फिल्मको भव्य सफलतापछि एनिमलका निर्देशक संदीप रेड्डी वांगा आफ्नो नयाँ प्रोजेक्ट स्पिरिटको तयारीमा जुटेका छन् । यो फिल्म एनिमलभन्दा पनि निकै भव्य हुने बताइएको छ । यो कुरा अरू कसैले नभएर एनिमलका प्रोडक्शन डिजाइनर सुरेश सेलवाराजनले भनेका हुन् ।
हालै एउटा अन्तरवार्ताको क्रममा सुरेशले संदीपसँगको आफ्नो नयाँ प्रोजेक्टबारे कुरा गरेका थिए । प्रभासको मुख्य भूमिका रहने स्पिरिट एनिमलभन्दा निकै ठूलो परियोजना हुने सुरेशको भनाई थियो । एनिमलमा सुरेश र संदीपले पहिलो पटक सँगै काम गरेका थिए । यो फिल्ममा सुरेशको कामको खुब तारिफ भइरहेको छ । अब दुबै जना फेरि स्पिरिटमा सँगै काम गर्दैछन् ।
संदीपले सामाजिक सञ्जालमा फिल्मको घोषणा गर्दै एउटा पोष्ट शेयर गरेका थिए । प्रभासको बाँकी फिल्म झैँ यो फिल्म दुई भाषामा नहुने, बरु तेलुगु प्यान इन्डियन फिल्म हुने बताइएको छ । फिल्म भ्वाएलेन्ट कप एक्शन थ्रिलर हुनेछ । फिल्मको सुटिङ आगामी वर्ष सेप्टेम्बरमा हुनेछ । फिल्मको प्रि–प्रडक्शनको काम भने सुरु भइसकेको छ ।
संदीपको तीन फिल्म छन् लाइनमा स्पिरिट बाहेक संदीपले अरू दुई वटा फिल्म बनाउँदैछन् । एउटा फिल्म एनिमलकै सिक्वेल एनिमल पार्क हुनेछ भने अर्को फिल्म चाँहि अल्लु अर्जुनको फिल्म हुनेछ । यी सबै फिल्म टी–सीरीजको ब्यानरमा बन्नेछन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution