काठमाण्डौ, ८ पुष । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् ।
ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए ।
‘उनी मकै खाएर बसेका रहेछन् । खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ,’ उनले भने, ‘कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन् । उनी हाम्रो नियन्त्रणमा छन् ।’ प्रत्यक्षदर्शी सौगात पोखरेलका अनुसार उनले ताकेरै लामिछानेलाई प्रहार गरेका थिए । ‘हानेको हो । हामीले देखेका थियौं,’ उनले भने ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution