काठमाण्डौ, १० पुष । बलिउड कपल रणवीर कपूर र आलिया भट्टले छोरी जन्मिएयता नै छोरीलाई मिडियाबाट सकेसम्म पर राख्ने कोशिश गरेका थिए । आफ्नो छोरीको अनुहार देखाउन रणवीर र आलिया सही समयको पर्खाइमा थिए । सोमबार पहिलो पटक कपूर दम्पतीले आफ्नी छोरी राहाको अनुहार दुनियाँलाई देखाएका छन् ।
क्रिसमसको अवसर पारेर उनीहरुले छोरीसँग खिचिएका केही थान तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । रणवीर र आलियाले छोरी जन्मिने बित्तिकै मुम्बईमा पापाराजीहरुलाई बोलाएर छोरीको तस्बिर खिच्न मनाही गरेका थिए । यति बेला उनीहरुले सबै फोटोग्राफरहरुलाई बोलाएर छोरीको फोटो नखिच्न अनुरोध गरेका थिए ।
त्यसपछि मिडियाले कहिले पनि राहाको तस्बिर शेयर गरेनन् । तर राहा एक वर्ष पूरा भइसकेपछि क्रिसमसको अवसर पारेर दुवै जना पहिलो पटक छोरीको साथमा मिडियाको सामन्ने देखिएका छन् । कपुर फ्यामिलीको क्रिसमस ब्रंचमा पहिलो पटक पापाराजीलाई राहाको मुहार देखाइयो ।
तस्बिरमा राहा निकै क्यूट देखिएकी छिन् । झलक्क हेर्दा राहा पापा रणवीर कपुर जस्तै छिन् । निलो आँखा र प्यारो मुस्कान । कपूर खानदानमा राज कपूर, करिश्मा र तैमूरको पनि आँखा निलो छ । राहाको फोटो रिलिज हुने बित्तिकै सामाजिक सञ्जालमा तस्बिरहरु भाइरल भइरहेको छ ।
राहा कपूर खानदानतिर गएको युजरहरु बताइरहेका छन् । यसलाई केहीले भने क्रिसमसमा रणवीर र आलियाले आफ्नो फ्यानलाई योभन्दा राम्रो उपहार दिन नसक्ने रुपमा अथ्र्याइरहेका छन् । राहाको जन्म २०२२ को नोभेम्बर ६ मा भएको हो । गएको महिना राहाको जन्मदिन धुमधामले मनाइएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution