काठमाडौं,१३ पुष : जाजरकोट भूकम्पबाट पीडितहरूका लागि नेपाली काँग्रेसले ९३८ वटा अस्थायी आवास निर्माण गरेको छ। महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा संयोजकत्वको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा सहजीकरण समितिले बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा हालसम्म जाजरकोट र रुकुमपश्चिममा ९३८ वटा अस्थायी आवास निर्माण भइसकेको जानकारी गराएको हो।
बैठकमा समितिका तर्फबाट सहमहामन्त्री जीवन परियारले अस्थायी आवास निर्माणको प्रगतिका विषयमा जानकारी गराएका थिए।समितिका तर्फबाट महामन्त्रीद्धय थापा र शर्माले जाजरकोट र रुकुमपश्चिमको स्थलगत अवलोकन गरेपछि पार्टीका तर्फबाट एक हजार अस्थायी आवास निर्माण गर्ने घोषणा गरेका थिए भने अस्थायी आवास निर्माणका लागि सरकारलाई तत्काल अनुदानको व्यवस्था गर्न सुझाव दिएका थिए।
त्यसपछि सरकारले भूकम्पप्रभावितका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले अस्थायी आवास बनाउन अनुदान दिने व्यवस्था गर्यो। तर अहिलेसम्म पनि भूकम्पपीडितहरूले त्यस्तो अनुदान रकम पाउन सकिरहेका छैनन्।
‘पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेता, भ्रातृ संस्था तथा स्वयम्सेवकहरू परिचालन गरेर अहिलेसम्म ९३८ वटा अस्थायी आवास बनाइएको छ, यीमध्ये कतिपय सम्पूणर्रुपमा हामीले संयोजन गरेर, लगानी जुटाएर गरिएको छ भने कतिपय ठाउँमा पीडितहरूकै खर्चमा जनशक्ति सहयोग गरेर बनाइएको छ,’ बैठकमा सहमहामन्त्री परियारले भनेका थिए।
बैठकमा गराइएको जानकारी अनुसार काँग्रेसले जाजरकोटमा ४९० र रुकुमपश्चिममा ४४८ वटा अस्थायी आवास बनाएको छ। अहिले पनि अस्थायी आवास निर्माणको क्रम चलिरहेका बेला पूर्वघोषणाबमोजिम एक हजार अस्थायी आवास निर्माणको लक्ष्य छिट्टै पूरा हुने नेताहरूले जनाएका छन्।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution