काठमाण्डौ,१८ पुष । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज नवलपरासीमा अभिनन्दन गरिएको छ । पश्चिम नवलपरासीको सरावलस्थित बर्दघाटे (कालिका) मन्दिरको दर्शन गर्न आएका शाहलाई एक कार्यक्रमकाबिच अभिनन्दन गरिएको हो ।
सोही क्रममा पूर्वराजा शाहले कालिका मन्दिरमा केहीबेर पूजा आराधना समेत गरेका थिए । त्यसपछि पूर्वराजा शाहलाई राप्रपाका केन्द्रीय उपाध्यक्ष एवम् क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर प्रधान र रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले स्वागत गरेका थिए ।
अभिनन्दन कार्यक्रममा समर्थकहरूले ‘राजा आउ देश बचाउ’ ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै नाराबाजी गरेका थिए । पूर्वराजा शाहलाई हेर्न बाक्लो भिड उपस्थित थियो ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रधानले पूर्व राजाको आगमनले यस मन्दिरको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
केही दिनदेखि भैरहवा र कपिलवस्तुका विभिन्न क्षेत्रमा पूर्वराजा शाहले विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution