काठमाडौँ,१८ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सामूहिक भेटेका छन् । रुपन्देहीमा रहेका पूर्वराजा शाहलाई राप्रपाका शीर्ष नेताले भेटवार्ता गरेको तस्बिरसहित नेता रविन्द्र मिश्रले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
पूर्वराजा शाहसँगको तस्बिरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित नेताहरु रविन्द्र मिश्र, बुद्धिमान तामाङ, धवल शमशेर राणा, दिपकबहादुर सिंह देखिन्छन् । नेताहरुसँगको भेटका क्रममा पूर्वराजा शाहले आफू ऐतिहासिक संसंस्थाको प्रतिनिधित्व गरिरहेको र सबैलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताएका छन् ।
हामी सबैले धेरै देख्यौ/बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन्’, भैरहवामा भएको सामूहिक भेटका क्रममा भएको शाहको भनाइ उधृत गर्दै नेता मिश्रले भनेका छन् । भेटमा सहभागी नेता तामाङले पूर्वराजा शाहसँग आफूहरुले लञ्च मिटिङसहित भेटवार्ता गरेको भन्दै यो नियमित भेटवार्ता भएको जनाएका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution