काठमाडौँ,१९ पुष । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले भारतीय विदेश मन्त्री एस.जयशंकरलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । मन्त्री जयशंकरसँग सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट गरेलगत्तै सामाजिक सञ्जालमार्फत उनले सो कुराको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत बीचको सम्बन्धका बारेमा ठोस रुपमा विचार अदान प्रदान भएको समेच बताएका छन् । ‘नेपाल र भारतबिच सदियौंदेखि अनुपम र बहुआयामिक सम्बन्ध रहेको र ती सम्बन्धहरुको बारेमा ठोस रुपमा कुराकानी भएको छ’ प्रधानमन्त्रले भनेका छन् ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान काठमाडौँ आइपुगेका मन्त्री जयशंकर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरी प्रधानमन्त्री प्रचण्डसँग भेट्न सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए । प्रधानमन्त्री प्रचण्डसँग भेटेलगत्तै विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरेका थिए । अहिले उनी याक एण्ड यति होटलमा आयोजित दुई देशबीचको संयुक्त आयोगको बैठकमा सहभागी भएका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution