काठमाण्डौ, १९ पुष । अभिभावकसँग डेरा गरी बस्ने १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचाबाट एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगरलाई पक्राउ गरेको हो । उनी घरबेटी हुन् । धनकुटा घर भएकी बालिकाका हजुरबुबा र हजुरआमासँग मगरको घरमा डेरा बस्दै आएकी थिइन् ।
उनका बुबा विदेशमा छन् । आमा दोस्रो बिहे गरेर गएकी छन् । डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अभिभावकले देखेपछि घटना बाहिर आएको हो ।
कसैलाई भने कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । बालिकालाई जवरजस्ती लिएर जान खोज्दा बालिकाकी हजुरआमाले बुधबार दिउँसो देखेपछि घटना बाहिर आएको थियो । त्यसपछि सोधीखोजी गर्दा मंगलबार र त्यसअघि पनि पटकपटक बलात्कार भएको खुलेको प्रहरीले बताएको छ ।
डर र त्रास देखाएका कारण बालिकाले घटनाका बारेमा अभिभावकलाई सुनाउन नसकेको प्रहरीले बताएको छ । पीडित बालिकाको स्वास्थ्यमा समस्या देखिएको छ । बालिकाको उपचार र स्वास्थ्य परीक्षणका लागि धरान लगिएको प्रहरील बताएको
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution