काठमाडौं, २० पुष । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको टोली २३औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ । गत १७ कात्तिकमा गएको ६.४ म्याग्निच्युटको विनाशकारी भूकम्पबाट प्रभावित विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने गरी २०० परिवारलाई ब्याकअप सहितका सोलार बत्ती वितरण गर्दै कम्पनीले वार्षिकोत्सव मनाएको हो ।
भूकम्प पश्चात पीडितले भोग्नु परेको समस्या सम्बोधन गर्ने गरी ती सोलार बत्ती डिजाइन गरिएको कम्पनीले जनाएको छ । वितरण गरिएका सोला बत्तीले रातको समयमा अध्ययन गर्न अति आवश्यक उज्यालो दिने मात्रै नभएर मोबाइल फोन र अन्य विद्युतीय उपकरणसमेत चार्ज गर्न सकिनेछ ।
कम्पनीका सीईओ विनयमोहन साउद सहित सुबिसुको आठ सदस्यीय टोली राहत स्वरूप अत्यावश्यक सामग्री वितरण गर्न जाजरकोट पुगेको थियो । जाजरकोटको नलगाडस्थित स्थानीय इन्द्रधनुष प्राथमिक विद्यालयमा सुबिसुले सो राहत वितरण गरेको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution