काठमाण्डौ,२० पुष । रिलाइन्स स्पिनिंग मिलका सञ्चालक एवं उद्योगी पवन गोल्यानले नेपाल विद्युत प्राधिकरणले पठाएको फर्जी बिलको एक रुपैयाँ तिर्नुपर्ने अवस्था आए आफू रगत बगाउन तयार भएको बताएका छन् ।
आइतबार विद्युत प्राधिकरणले बिजुलीको लाइन काटेका उद्योगीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा गोल्यानले यस्तो बताए । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंगले खराब नियत राखेर उद्योगीहरुलाई फर्जी विल पठाएको गोल्यानले आरोप लगाए ।
‘आज मलाई निद्रा लागेको छैन, मैले रोजगारी दिएका पाँच हजार परिवारको अवस्था के हुन्छ भन्ने कुराले सताउँछ, के उद्योग लगाउनु अपराध हो ? पाँच हजार परिवारलाई पोस्नुचाहिँ अपराध हो ?’ गोल्यानले भने, ‘रिलाइन्स स्पिनिंग मिलको १ अर्ब ९४ करोड तिर्नुपर्ने भनेर प्राधिकरणले झुटो दाबी गरेको छ ।
एक रुपैयाँ पनि तिर्नुपर्यो भने म रगत बगाउन पनि तयार छु । यस्तै हावादारी कुरा गरेर हुन्छ ? कुलमानजीलाई मेरो चुनौति छ यदि मेरो उद्योगले बिजुली उपयोग गरेको भए त्यसको प्रमाण दिनुस् ।’ उद्योगीहरुसँग अब एउटै बिकल्प रहेको उनले बताए । ‘हाम्रा मजदुरहरु सडकमा उत्रिएका छन् ।
हामी उद्योगी पनि मजदुरसँगै सडका उभिनुपर्ने हो ?’ उनले भने, ‘साढे ४ अर्ब रुपैयाँलाई आज साढे २२ अर्ब रुपैयाँ देखाएर जनतालाई भ्रमित गर्नु कहाँसम्मको अपराधा हो ? यो कुरा तपाईं हामीले बुझ्नुपर्छ । टिओडी मिटरको तथ्यांक डाउनलोड गरेर प्राधिकरणले राख्नुपर्ने कानूनी व्यवस्था छ । त्यो नगर्दा कुलमानजीहरु नै जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।
‘३ वर्षपछि बिल पठाएर हामीमाथि अपराध गर्ने ? अनि टिओडी मिटरको तथ्यांक हामीसँग कहाँबाट हुन्छ र दिनू ?’ उनले भने, ‘एकातिर सबैभन्दा धेरैलाई रोजगारी दिएको भन्दै सरकारले सम्मान गर्ने अनि अर्कातिर यसरी मानमर्दन र बेइज्जत गर्ने ? यो के हो ?’
उपभोग नै नगरेको समयको बिजुलीको फर्जी बिल देखाउँदै उद्योगको बत्ती काटेर प्राधिकरणले उद्योगीमाथि अपराधगरेको उनको आरोप छ। गोल्यानले प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको बत्ती किन काटेको भन्ने आफूले बुझ्न नसकेको बताएका छन्।
प्राधिकरणलाई नियमित बिजुलीको बिल भुक्तान गरे पनि बिना कुनै आधार रिलायन्सको बत्ती काटेको उनकोआरोप छ । ‘२०७२ फागुनसम्म हाम्रो उद्योग नियमित लोडसेडिङमा बसेको छ, २०७२ फागुन ११ गते प्राधिकरणले नै सूचनानिकालेर डेडिकेटेड फिडरमार्फत विद्युत आपूर्ति दिने कार्य स्थगित गरेको छ,|
त्यसपछि अर्को सूचनाकहिल्यै आएको छैन, २०७५ साल माघदेखि बिजुलीको बिल तिर्नु भनेर ताकेता भइरहेको छ । अहिले आएर तलाइन नै काटियो,’ उनले भने ।
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution