काठमाडौँ, २१ पुष । । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर एक जना युवकले ज्यान गुमाएका छन् । नगर अस्पताललाई स्तरोन्नति गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद भएपछि झडप हुँदा प्रहरीले बल प्रयोग गर्दा जयशंकार शाहको मृत्यु भएको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै धमलाले भने,‘मैले गोली चलाउन अनुमति दिएको छैन । तर, प्रहरीले आफूले बोकेको हतियार आन्दोलनकारीले खोस्न खोजेपछि गोली चलाउनुपरेको दाबी गरेको छ ।
आन्दोलनकारीले हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको सर्लाहीका एसपी प्रवीण धितालले रातोपाटीलाई बताए । शुक्रबार कांग्रेस, जसपा, लोपसा र जनमत पार्टीका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ५० शय्याको अस्पताल बनाएर प्रदेशलाई हस्तान्तरण गर्न माग गरेका छन् । तर, नगरपालिकाका पदाधिकारीले हाल सञ्चालित १५ शय्याको नगर अस्पताल नगरपालिकाले नै चलाउने र प्रदेश स्तरको अर्को अस्पताल खोल्नुपर्ने अडान राख्दै आएका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution