काठमाण्डौ, २२ पुष । हाना रहिती माइपे–क्लार्क न्यूजिल्यान्डकी अहिलेसम्मकै कान्छी सांसद हुन् । यतिबेला उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भाइरल हुनुको कारण चाहिँ संसदमा उनले माओरी संस्कृतिको नृत्य हाका प्रस्तुती गर्दै भाषण दिनु हो । हाका युद्ध गीत हो । यसलाई पूरै ताकत र भाव भंगिमाको साथमा प्रस्तुत गरिन्छ ।
संसदमा माइपे–क्लार्कले माओरीहरुलाई समर्पित एउटा शक्तिशाली भाषण दिँदै पारम्परिक ‘वार क्राई’ प्रदर्शन गरेकी थिइन् । संसदमा उनले वार क्राई प्रदर्शन गर्दै गर्दा ठूलो संख्यामा सांसदहरुले उनलाई पछ्याए । हाका राम्रोसँग नबुझ्नेहरुको भाव भने नबुझिने खालको थियो । भिडियोमा माइपे–क्लार्कको अनुहार डर लाग्दो देखिएको थियो ।
भाइरल भिडियो गएको महिनाको हो । कयौं मान्छेहरुले भिडियोलाई सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । हाका नृत्य जनजातिलाई स्वागत गर्ने पारम्परिक तरिका हो । तर यो युद्धमा जान लागेका योद्धाहरूलाई उत्साहित गर्न पनि गरिन्छ ।
१७० वर्षको इतिहासमा २१ वर्षीया माइपे–क्लार्क न्यूजिल्यान्डकी सबैभन्दा कान्छी सांसद हुन् । न्यूजिल्यान्डमा सबैभन्दा लामो समय सेवा गरेकी महिला सांसद नानिया महुतालाई हराएर उनी सांसद बनेकी थिइन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution