काठमाण्डौ २४ पुष । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्र कडा रुपमा प्रस्तुत हुने संकेत दिएका छन । बागमती प्रदेश, उपत्यका प्रदेश र सम्पार्क समन्वय प्रदेशको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सोमबार राजधानीको नाचघरमा सम्बोधन गर्दै उनले यस्तो संकेत दिएका हुन् । यस्तै उनले हेडक्वाटर वरिपरि घुम्नेले मात्र टिकट पाउँछ भन्ने कुरा आफूले सुनेको भन्दै यो पटक हेडक्वाटर भन्दा टाढाकालाई टिकट दिएको जिकिर गरे ।
‘सरी, कमरेडहरू, अहिले हेडक्वाटरबाट टाढा टाढाकालाई दिइएको छ । तपाईंले छानेर हेर्नुभयो भने गाउँमा दुःख गर्नेलाई छानेर दिइएको छ । यो छनोटमा पनि वर्गतिर फर्किने बल भएको छ भन्ने याद गर्नुहोला’, उनले भने ।
यस्तै उनले सरकारको ध्यान बढी नीति तथा कार्यक्रम, बजेटलाई वैज्ञानिक, वस्तुवादी, जनपक्षीय, परिणाममुखी बनाउनेतिर केन्द्रीत रहेको उनले दाबी गरे । ‘यसले एउटा स–सानो रेभुलुसन ल्याउने विश्वास छ’ उनले दाबी गरे । कार्यक्रममा यो पटक विगतको जस्तो ख्याल ठट्टा नठान्न समेत चेतावनी दिएका छ्न ।
‘को को केन्द्रीय सदस्यले जिम्मेवारी पुरा गरे ? अभियानमा को कोले जिम्मेवारी पुरा गरेनन् । यसलाई विगतको जस्तो ख्याल ठट्टाको विषय बन्न दिइने छैन । आउने दिनमा केन्द्रीय समिति कस्तो बनाउने आधारमा कसलाई कस्तो रोल दिने भन्ने हुनेछ,’ उनले भने ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution