काठमाण्डौ, २ माघ । मेलम्ची नगरपालिका वडा न´.९, स्थित दुप्चेश्वर सात धारा महादेव मन्दिरमा मकर संक्रान्तिकाे अवसरमा मेलम्ची नगर प्रमुख आइतमान तामाङज्यूकाे प्रमुख आतिथ्यतामा बाेम्बाे (झाँक्री ) सम्मेलन आयाेजना भयाे ।
सम्मेलनमा नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङ नेतृत्व टाेली, मनाेत्र झाँक्री नेतृत्व टाेली, छिमेकी पालिका र नगरका विभिन्न वडाका साथै स्थानीय झाँक्रीहरुकाे उल्लेख्य सहभागिता थियाे । नगर प्रमुख तामाङ स्वयं बाेम्बाेकाे रुपमा सम्मेलनमा सहभागी हुनुभयाे ।
कार्यक्रमलाई मनाेरञ्जनात्मक बनाउन लाेक तथा सेलाे गायक गायिका तथा खैजडी भवन टाेलीले आफ्नो प्रस्तुति प्रश्तुत गरेका थिए । कपिल मुनिले तपस्या गरेकाे भस्मे जंगलमा रहेकाे मन्दिर परिसरमा परापूर्व कालदेखि लाग्ने मेलालाई व्यवस्थित बनाउन यस वर्ष मन्दिर संरक्षण तथा व्यवस्थापन समितिकाे अगुवाइमा सम्मेलनकाे रुपमा मनाईएकाे वडा अध्यक्ष किरण दिप खड्काले जानकारी दिनुभयाे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution