काठमाडौं,७ माघ: नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आइतबार न्यूजिल्याण्डसँग पहिलो खेल खेल्दैछ । देव खनालको कप्तानीमा रहेको नेपाली युवा टोली कम्तीमा सुपर सिक्स पुग्ने लक्ष्यका साथ दक्षिण अफ्रिकामा छ । नेपालको समूहमा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् ।
नेपाली युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने यो सबैभन्दा राम्रो अवसर हो । युवा टोलीले एसिया क्षेत्रमा एसोसिएटविरुद्ध आफ्नो क्षमता देखाइसकेका छन् । विश्वलाई देखाउने यो राम्रो अवसर हो । त्यसको लागि शानदार प्रदर्शनका साथ टेस्ट टोलीलाई हराउन वा कडा प्रतिस्पर्धा दिन आवश्यक छ ।
हाल यु-१९ टोलीमा रहेका अर्जुन कुमाल, देव खनाल र दीपेश कँडेललगायत नेपाली क्रिकेटको भविष्य मानिएका छन् । गुल्शन झाले नेपाली टोलीबाट आफ्नो पहिचान बनाएका छन् । यो प्रतियोगिताबाट उनीहरुबाहेक अरु खेलाडी पनि चम्किन सक्छन् ।
गत डिसेम्बरमा पाकिस्तान र अफगानिस्तानसँग यू-१९ एसिया कप खेल्दा युवा खेलाडीमा धैर्यता कमी, बाउन्स र सर्ट बलको सामना गर्न नसक्नुजस्ता कमजोरी देखिएका थिए । अर्कोतर्फ दक्षिण अफ्रिकामा तीव्र गतिका बलरलाई बढी फाइदाजनक छ ।
पाकिस्तान र अफगानिस्तानले नेपालको कमजोरी बुझेका छन् । त्यसैले बाउन्सर र सट बल नेपाली ब्याटरलाई विपक्षीले टार्गेट गर्ने पक्का छ । कमजोरी सुधार गर्न सके अपेक्षा भन्दा धेरै राम्रो गर्न सक्छ ।
नेपालको सिनियर टोलीको हालसम्म टेस्ट टोलीलाई हराएको छैन । तर यू-१९ टोलीले विश्वकपमा दक्षिण अफ्रिका , न्युजिल्याण्ड, पाकिस्तान, बंगलादेश र जिम्बावेलाई हराइसकेको छ । एसिया कपमा यू-१९ टोलीले भारतलाई पनि हराइसकेको छ । यू-१९ विश्वकपको प्रदर्शन हेरेर छनोटकर्ताले सिनियर र नेपाल ए टिमको लागि खेलाडीलाई बोलाउने छन् । हरेक खेलाडीको लागि यू-१९ विश्वकप निकै महत्वपूर्ण हुनेछ ।
ब्याटिङ र बलिङ आक्रमण : ओपनरमा अर्जुन कुमाल र विपिन रावल छन् । विपिनलाई बायाँ हाते ओपनर हुँदा दायाँबायाँ हाते सन्तुलन मिलाउन खेलाउन सक्छ । विपिनको विकल्पमा दीपक बोहरा हुनेछन् । देव खनाल तेस्रो र उत्तम थापामगर चौथो नम्बरका दाबेदार हुन् । गुलशन झा पाँचौं नम्बरमा खेल्दै फिनिसरको भूमिका निर्वाह गर्न सक्छन् ।
नेपालले छैटौं नम्बरमा आकाश त्रिपाठीलाई खेलाउन सक्छ । उनी ब्याटिङ र तीव्र गति बलिङ गर्न सक्छन् । विशाल विक्रम केसी, दीपक डुम्रे र अर्का दीपक बोहरामध्ये एकले प्लेइङ-११ मा स्थान बनाउने छन् । स्पिन अलराउन्डर दीपेश कँडेल आठौं नम्बरमा खेल्न सक्छन् ।
नेपाल आकाश चन्द र दुर्गेश गुप्ता दुवैलाई तीव्र गतिका बलरमा खेलाउने देखिन्छ । यी दुईले तीव्र गतिको आक्रामणमा गुल्शनलाई साथ दिनेछन् । स्पिनर सुवास भण्डारी र तिलकराज भण्डारीमध्ये एक खेल्ने देखिन्छ ।
गत वर्ष आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा निर्णायक खेलमा नेपालले घरेलु टोली यूएईविरुद्ध अविश्वसनीय जित हात पारेको थियो । यूएईलाई जित्न ८ रन चाहिंदा स्पिनर दीपेश कँडेलले ह्याट्रिकका साथ नेपाललाई विश्वकपमा पुर्याएका थिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution