काठमाडौँ,११ माघ । गायिका मेनुका पौडेलले अब आँखा देख्ने भएकी छन् । जन्मजात दृष्टिविहीन मेनुकाको आँखाको उपचार गर्न लागिएको इण्डियन आइडलको आइतबारको एपिसोडमा जानकारी दिइयो । इण्डियन आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सकलाई आँखाको चेकअप गराएको छ ।
सो क्रममा चिकित्सकले उनको आँखाको अवस्था हेरेका अप्टिक नर्भले काम नगरेको र त्यही कारण उनले देख्न सक्ने सम्भावना नरहेको बताएका थिए । चेकअपमा चिकित्सकले उनले पूर्णरुपमा दृष्टि पाउन नसके पनि विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने बताएका छन् ।
कार्यक्रममा चिकित्सकको एक भिडियो समेत देखाइएको थियो । भिडियोमा चिकित्सकले उनी एक्लै हिँड्न, अनुहार पहिचान गर्न, आफ्नो अगाडि को उभिएको छ भनेर थाहा पाउन र पढ्न पनि एकदमै सजिलोसँग सक्ने बताएका छन् ।
डाक्टरको भिडियाले कार्यक्रममा निर्णायक र प्रतियोगीमा समेत खुसी छाएको थियो । निर्णायक मध्यकी एक श्रेया घोषालले मेनुकाले त्यो उपकरण कहिले लगाउलिन् र सुन्दर बिहानी देख्लिन् भन्ने आफूले कुरिरहेको बताएकी थिइन् । मेनुका इण्डियन आइडलको उत्कृष्ट १० मा पुगिसकेकी छन् । सुरुको समय देखिनै प्रतियोगितामा निर्णायक अतिथिको मन जित्दै अगाडि बढिरहेकी उनलाई उपाधि दाबेदार समेत मानिएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution