काठमाडौं, १२ माघ : राष्ट्रियसभा सदस्यका लागि भएको चुनावमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपी हमालले मतदान गरेनन् ।
राष्ट्रियसभा सदस्य चुनावमा साम्पाङको मतदान केन्द्र विराटनगर थियो । उनले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुई पदका निम्ति मतदान गर्नुपर्ने थियो । तर उनी विराटनगर नै गएनन् ।हैटौडामा सम्पन्न राष्ट्रियसभा चुनावको मतदानमा काठमाडौं महानगरका मेयर बालेन पनि गएनन् । बागमतीमा तीन पदका निम्ति मतदान भएको छ ।
सुदूरपश्चिम प्रदेशबाट तीन पदका निम्ति भएको राष्ट्रियसभा चुनावमा धनगढी उपमहानगरका मेयर हमालले पनि मतदान गरेनन् । धनगढीमै चुनाव भएपनि उनले मतदान नगरेका हुन् ।
गत वर्ष वैशाखमा यी तीनै जनाले स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका थिए ।
तर आज सम्पन्न राष्ट्रियसभा चुनावमा दलीय उम्मेद्वारहरु छन् । राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको १९ मतभार छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution