काठमाडौँ, १२ माघ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ तथा विपक्षी एमालेका एक जना निर्वाचित भए । निर्वाचनबाट राष्ट्रिय सभा सदस्य बनेकाहरूको नाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेको छ ।
कतिले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेका छन् भने कतिले रिटायरमेन्टपछिको आराम थलो । यस्तैमा कलाकार दीपकराज गिरीले राष्ट्रिय सभा केही नगर्न नसकेकाको लागि थलो भएको व्यङ्ग्य गरेका छन् । उनले घुमाउरो शैलीमा लेखेका छन्, ‘छोराले केहि गर्न सकिन भनेर खूब चिन्ता गर्दैनथ्यो, ।
मैले सम्झाएँ– बाबु हार नमान केहि नभए राष्ट्रिय सभा छँदै छ नि !’ उनको यो पोस्ट धेरैले मन पराएका छन् । अहिलेसम्म यो पोस्ट करिब एक सय ५७ पटक सेयर समेत भैसकेको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution