काठमाण्डौ,१४ माघ । सचिवालय हेरफेर गर्ने भएसँगै स्वकीय सचिव प्रकाश सिग्देलले पारिवारिक काममा केही समय व्यस्त रहने जानकारी गराएका छन् । सिग्देलले सामाजिक सञ्जाल मार्फत पारिवारिक काममा व्यस्त रहने जानकारी गराएका हुन् । सिग्देलको जिम्मेवारी परिवर्तन भएको सहमहामन्त्री प्रतिभा रावलले जानकारी गराइन् ।
रावलको अनुसार सिग्देललाई चितवन केन्द्रीत हुने गरि जिम्मेवारी दिइएको छ । ‘उहाँले राजीनामा दिनुभएको होइन । जिम्मेवारी हेरफेर भएको हो,’ रावलले भनिन्,‘प्रकाश जी, अब चितवन सचिवालयमा रहेर काम गर्नुहुन्छ ।’
रास्वपा स्रोतका अनुसार सभापति लामिछानेले पाँच सदस्यीय सचिवालय बनाउने तयारी गरिरहेका छन् । ‘सभापतिको काममा सहयोग गर्ने गरी जिम्मेवारी स्वकीय सचिव एक मात्रै हुनुहन्थ्यो । अब जिम्मेवारी नै तोकेर पाँच जना नियुक्त गर्ने तयारी छ,’ रास्वपा स्रोतले भन्यो । पाँच जना मध्ये एक जनामा पूर्व पत्रकार प्रमोद न्यौपाने निश्चित जस्तै छन् । अरु ४ जना टुंगो लाग्न भने बाँकी छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution