काठमाण्डौ,१४ माघ । पिरतीको गीत मेरो तिमीलाई सुनाउँछु, बन्धकीमा मेरो मुटु तिमीलाई बुझाउँछु ..प्रेमकै पर्यायवाची शब्द हो पिरती । पिरती या प्रेम या मायालाई व्यक्त गर्ने अरु पनि धेरै शब्द होलान्, ती सबैको निष्कर्ष हो प्रेमिल भाव । जव कोहि प्रति प्रेमका भावहरु मनले संगाल्छ उ नै उसको संसार हुन्छ, मुटु साटासाट हुन्छ,।
कलेजी त कहिले यता कहिले उता ओहोर दोहोर भइरहन्छ । आफ्ना प्रेमी या प्रेमिकालाई पिरतीको गीत मात्र होइन सिंगो जीवनका गीत सुनाउन मन लाग्छ, मनका सारा भावनाहरु छताछुल्ल पोख्न मन लाग्छ, उनीमै हराउन मन लाग्छ, उनको चाह र उनको खुसी भन्दा ठुलो अरु केहि लाग्दैन ।
प्रेममा मुटुको खुवै चर्चा हुन्छ किनभने मुटुले नै प्रेमिल भाव उब्जाउँछ, मुटुले नै प्रेम या प्रीत महशुष गर्छ, प्रेममा हलचल आउँदा मुटुमा नै हो पराकम्प आउने । मुटु नै हाम्रो सवभन्दा महत्वपूर्ण अंग, मुटु धड्किन्छ र त हामी जिवित छौ, यति महत्वपूर्ण अंग बन्धकी लिने र दिनेको सम्वन्ध झन् कति गहिरो होला मुटु देखि,।
मुुटु भरिको, मुटुको गहिराईबाट, मुटुको कुना कुनाबाट, मुटुको हर धड्कन देखि एकअर्कालाई मायालु भाव उर्लाउदा कत्ति प्रेमिल हुन्छ होला ?। सधै उनी मुटुमा भएको, मुटुको हर धड्कनमा महशुष गरिएको, उनकै मुटुबाट पलाएको मायालुपनले आफ्नो मुटुलाई शितलता दिएको.. ।
आफ्नो मुटुले उनी प्रति र उनको मुटुले आफू प्रति मायालु भावहरु उब्जाएको निकै गहिरो भाव पिरतीको गीत मा समेटिएको छ । गीतकार हरिराम पौडेलले लेखेका मुटुका प्रेमिल भावहरुलाई पछिल्लो समय विभिन्न सुमधुर गीत र भजन सहित नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा ‘पिरतीको गीत’।
बोलको आधुनिक गीत सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियोमा रेकडिङ गरि जस्केलो क्रियशनद्धारा निर्मित गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् । ‘पिरतीको गीत’ बबिना भट्टराईको अफिसियल युट्व च्यानलमा हेर्न सकिन्छ । भिडियो हेर्नुहोस् !
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution