काठमाण्डौ १५ माघ । नगर प्रमुख श्री आइतमान तामाङज्यूले मेलम्ची नगरपालिका वडा नं. ६ र ७ जाेड्ने दुवाचाैर भट्टार तालामाराङ सडक कालाेपत्रे गर्ने कामकाे साेमबार शिलान्यास गर्नुभएकाे छ । शिलान्यास कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाअध्यक्षहरु प्रेमबहादुर तामाङ , पासाङ तामाङ ,।
किरणदिप खड्का, अमृत खनाल लगायतकाे सहभागिता थियाे । मेलम्ची नगरपालिका र संघीय समपुरक याेजना अन्तर्गत ६ कराेड ७८ लाख ५६ हजार ७९२ रुपैयामा रुद्रादेवी/बटुसफल जेभीले निर्माणकार्यकाे जिम्मा पाएकाे छ । शिलान्यास कार्यक्रममा नगर प्रमुख तामाङले कामकाे गुणस्तर र परिमाणमा ध्यान दिन निर्माण व्यवसायीलाई निर्देशन दिनुभयाे ।
सिन्धुपाल्चोक । १३ बर्ष भन्दा लामो समय देखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सुरु भएको छ । २०६७ सालदेखी निर्माण कार्य बन्द भएर खारेज भएको आयोजनालाई सरकारले गरेको लिलामीमा नेशनल हाइड्रोपावर कंम्पनी लिमिटेडले पाएकोे थियो ।
नेशनल हाइड्रोले बत्ति उत्पादन पश्चात सरकारलाई ६२ करोड रुपैँया तिर्ने गरी आयोजना सकारेपछि निर्माणको काम थालिएको हो । ४ दशमलब ५ मेगावाट क्षमताको आयोजनाको तिन किलोमिटर सुरुङ मध्ये दुइ हजार चार सय मिटर सुरुङ यसअघि नै निर्माण सम्पन्न भइसकेको छ ।
२०८२ साल भित्र निर्माण सम्पन्न गरी उत्पादन गर्ने लक्ष लिएर आज एक औपचारीक कार्यक्रमको आयोजना गरी सुरुङमा बिस्फोटक पदार्थ पड्काएर कामको पुनः सुरुवात गरीएको नेशनल हाइड्रो पावर कंम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डे बताउनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आयोजना निमाणर्का लागि स्थानीय तहले गर्नु पर्ने आबश्यक सहयोगको लागि सधै तत्पर रहेको बताउँदै सहज ढङगले आयोजनाको काम सम्पन्न गर्न सहकार्य गर्ने बताउनुभयो ।
यस्तै उपप्रमुख उमा प्रधानले आयोजनाले स्थानीयको जिवन स्तरमा सकारात्मक परिवर्तन गर्न महत्वपुणर् भुमिका खेल्ने र राजगारीको समेत अबसर सिर्जना हुँदा युवाहरु विदेशिने क्रमलाई केही हदसम्म रोक्ने बताउनुभयो ।
आयोजनाबाट मेलम्ची नगरपालिकाको ७, ८, ९, १० र ११ नम्बर वडा प्रत्यक्ष प्रभावित हुने कंम्पनीले जनाएको छ । जलबिद्युत आयोजना निर्माणको लागि प्रति मेगावाट २५ करोड खर्च अनुमान गरेको कंम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङन गरी सार्वजनिक सुनुवाई कार्यक्रम समेत यसअघि नै सम्पन्न गरिसकेको छ ।
कार्यक्रममा मेलम्ची स्थित नेपाली सेनाको इन्द्रध्वज गणका सेनानी मधु अधिकारी, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख राजेन्द्र थापामगर, मेलम्ची ७ का वडाअध्यक्ष पासाङ तामाङ, मेलम्ची ९ का वडाध्यक्ष किरणदीप खड्का, मेलम्ची १० का वडाध्यक्ष अमृत खनाल, लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम तल्लो इन्द्रावती जलबिद्युत अयोजनाको प्रमुख शुशिला शर्माको सभापतित्वमा कार्यक्रमको संचालन आयोजनाको संयोजक बिनोद कार्कीले गर्नुभएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution