काठमाण्डौ, । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई जनताको बहुदलीय जनवाद नै चाहिने भए एमालेमा जान सुझाव दिएका छन्। जवज नै चाहिने हो भने सबैभन्दा ठुलो जवज वाला नेकपा एमाले हो नेकपा एमालेमा जान उपयुक्त हुन्छ |
पार्टीको केन्द्रीय परिषद् बैठक समापन समारोहलाई सम्बोधन गर्दै खनालले भने। पार्टी अध्यक्ष माधव कुमार नेपालले जनताको बहुदलीय जनवाद त्याग्दा आत्मघाती हुने बताए लगत्तै सम्मानित नेता खनालको यस्तो जवाफ आएको हो। नेपालले पार्टीको केन्द्रिय परिषद बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदै नेपालले जनताको बहुदलीय जनवादलाई छाड्न नसकिने बताएका थिए।
अध्यक्ष नेपालले जबजले पार्टीलाई नयाँ उचाइमा पुर्याएको दाबी गर्दै जबजलाई छाडे पार्टीको इतिहास समाप्त हुने भएकोले आत्मघाती काम गर्न नहुने बताएका थिए। नेपालले समाजवादी क्रान्तिमा जाँदा जबजलाई त्याग्न नसकिने बताउदै जवज त्याग्नुको मतलब एकदलीय तानाशाहीमा जानु भएको बताएका थिए।
हामीले साम्राज्यवादको आक्रामक चरित्र देख्दैछौं। कम्युनिष्टविरोधी अभियान चलिरहेको छ। त्यसैले हाम्रो आन्दोलनमा ल्याइएको विचारलाई त्याग्न सकिँदैन। बहुदलीय प्रतिस्पर्धाको मान्यता छाडेर एकदलीय तानाशाही व्यवस्थामा जान सकिँदैन। त्यसैले बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौं। त्यसको विचारक मदन भण्डारी हुनुहुन्थ्यो। जबजको कुनै काम छैन, त्यो मिल्क्याइदिऔं भन्ने मान्यता आत्मघाती मान्यता हो।’
नेता खनालले भने पार्टीको महाधिवेशनले ‘क्रान्तिको बाटोमा छ्यांग हुनेगरी नीतिमा प्रष्टता नल्याउने हो भने नेकपा एस समाप्त हुने बताउदै कहिले जबज भन्ने, कहिले समाजवादी कार्यदिशा पनि भन्ने, यसरी हुदैन हामी कता जाने? भन्ने स्पष्ट हुनु पर्छ। जबज भन्ने हो भने ठूलो जबजमा किन नजाने? ठूलो जबजवाला त एमाले छ। हामीले भन्दा केपीले जवज भनेको सुन्छन्। यसमा हामी प्रस्ट हुनुपर्छ।’
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution