काठमाण्डौ,१९ माघ । हिंजो लोकप्रिय र्याप गायक भरत समारिका छोरा रियान समारी ४ औं वसन्त पारि गरि पाँचौ वसन्तमा लागेको अवसारमा आफ्नो छोराको जन्मदिन गायक भारतले भक्तपुर बोडेमा रहेको द्योमा जगत बृद्ध आश्रममा रहेका बृद्ध बृद्धाहरुलाई खाना खुवाएर खुटामा लगाउने एकएक जोर चप्पल प्रदान गरेर आफ्नो छोराको जन्मदिन मनाएका छन् ।
गायक भरत भन्छन… मैले मेरो छोराको जन्मदिन ठुलो पार्टी प्यालेसमा पनि मनाउन सक्थें तर मैले मेरो छोरालाई राम्रो संस्कार दिन चाहान्छु । कुनै पार्टी प्यालेसमा गएर महँगो खाएर जन्मदिन मनाउनु भन्दा, यसरि दुखि बृद्धा बृद्धहरु बुजुर्गलाई खाना खुवाएर जाडो याममा एक एकजोर चप्पल दिएर यसरि मनाउदा मैले आनन्दको अनुभूति गरेको छु ।
साथै यहि चिज भोलि छोराले सिक्छ मैले बस मेरो छोरा यहि संस्कार बसाउन चाहान्छु भोलि मेरो छोराले, बेफाल्तुमा पैसा खर्च गर्न भन्दा आफुले कमाएको केहि अम्श दिन दुखि गरिव हरुमा खर्च गरोस समाजसेवामा खर्च गरोस भनेर यो जग सानै देखि बसाल्दीन खोजेको हो,।
साथै यो कार्यक्रम संगै आज एउटा आगामी २ महिना पछि गरिने कार्यक्रम अवार्ड र र्याप ब्याटलको बारेमा पनि जानकारी दिने हेतुले मैले केहि कलाकार र पत्रकारहरुलाई पनि निम्ता गरेको हू, भन्दै उनले २ महिना पछि गरिने कार्यक्रमको पनि छोटकरीमा जानकारी दिएका थिए ।
भने उक्त कार्यक्रममा उपस्थित कलाकार र पत्रकारलाई द्योमा जगत बृद्ध आश्रमका अध्यक्ष र आफ्नो हात बाट सम्मान पत्र सर्टिफिकेट प्रदान गरेर उनले आफ्नो छोरा रियान समारिको जन्मदिन सम्पन्न गरे । उक्त च्यारिटी तथा जन्मदिन कार्यक्रममा मण्डला ईन्टरटेनमेन्ट टीमको पनि सहभागिता रहेको थियो, साथै नेपालका चर्चित गायक गायिका मोडल कलाकार पत्रकारहरुको बाक्लो उपस्थिति पनि रहेको थियो । गायक भारतले उक्त कार्यक्रममा उपस्थित सबैलाई लगायत मण्डला ईन्टर टेनमेन्टको टीमलाई बिशेष धन्यबाद दिएका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution