काठमाण्डौ,२१ माघ । नगर प्रमुख आइतमान तामाङज्युले शैक्षिक क्षेत्रकाे सुधारका लागि नगरपालिकाले आबश्यक बजेट विनियोजन गरेकाे बताउनुभएकाे छ । मेलम्ची नगरपालिका, वडा नं. ९ स्थित सातकन्या माविकाे ५१ औं वार्षिकोत्सब समाराेहमा बाेल्दै प्रमुख अतिथि तामाङले सबै विकासकाे प्रमुख आधार शिक्षा भएकाले नगरले शिक्षा क्षेत्रमा प्रयाप्त बजेट विनियोजन गरेकाे बताउनु भएकाे हाे ।
कार्यक्रममा उपप्रमुख उमा प्रधान,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विकास तामाङ, ट्रेड युनियन कांग्रेसका केन्द्रिय सह-महामन्त्री बल्देव तामाङ, इन्द्रावती बहुमुखी क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठ, व्यवस्थापन समितिका अध्यक्ष सिपी दुलाल (महेश), ईन्द्रेश्वरी माविका प्रधानाध्यापक देवी श्रेष्ठ, ।
जनता मावि ज्यामिरेका प्रधानाध्यापक केदार विष्ट, व्यवस्थापन समितिका अध्यक्ष नारायण खड्का, मेलम्ची नगरपालिका शिक्षा शाखाका प्रतिनिधि सुनिल कुमार भन्डारी, वडा नं. ९ का भित्रका विद्यालयका प्रधानाध्यापक, मेलम्ची नगरपालिका वडा नं. ९ र १० का वडाअध्यक्षहरु किरणदिप खड्का र अमृत खनाल, समाजसेवी चन्द्र बहादुर तामाङ, वडा सदस्यहरु लगायत शिक्षा संग सरोकार राख्ने विज्ञहरुको सहभागिता रहेको थियाे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution