काठमाडौँ, २२ माघ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले क्यान्सर पीडित बिरामीलाई निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले काठमाडौँ-दिल्ली-काठमाडौं हवाई उडानमा क्यान्सर बिरामीलाई हवाई भाडामा शतप्रतिशत र बिरामी कुरुवालाई ५० प्रतिशत छुट दिइरहेको छ ।
यस्तो सेवा डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसको आधारमा निगमले छुट सेवा प्रदान गर्दै आएको छ । निगमको यस सेवा मार्फत गत वर्ष सन् २०२३ मा ७७० जना यात्रुले छुट सुविधा उपभोग गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
यसै सन्दर्भमा आज ४ फेब्रुअरी, विश्व अर्वुदरोग दिवस (वर्ल्ड क्यान्सर डे) को सन्दर्भमा ‘रोग लाग्नबाट बचौँ र बचाऔँ’ भन्ने मूल नारासहित निगमले ऐक्यबद्धता जनाएको छ । लामो समयदेखि क्यान्सर बिरामीलाई दिँदै आएको सुविधा थप निरन्तरता दिने प्रतिबद्धता जनाउँदै निगमले यस खालको सुविधाले बिरामी परिवारमा थोरै भए पनि राहत पुग्नेमा विश्वास व्यक्त गरेको छ । समाचार रातोपाटी बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution