भक्तपुर । पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले रवि लामिछानेका चालकको मृत्युको घटनामा आशङ्का जनाउर्द छानबिनको माग गरेका छन् । मङ्गलवार राती सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले यस्तो मागरेका हुन् ।
सार्वजनिक अडियोमा हस्पिटलको आयुसियुमा मृतक थापाले केही भन्न खोजेको जस्तो सुनिन्छ । उक्त अडियोमा आफु माथि आक्रमण गरेको आशयको शब्द सुनिएको छ भने रविको नाम पनि आएको । यद्यपी भन्न खाजेको स्पष्ट भने भएको छैन् । उक्त आवाज शम्भु थापाकै हो होइन अहिलेसम्म स्पष्ट भइसकेको छैन ।
नेता महेशले ट्विटरमा उक्तअडियो राख्दै छानबिन हुनु पर्ने माग राखेका छन् । रास्वपाका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा को उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो । चितवनको भरतपुर महानगरपालिका ११ मा रहेको एक घरमा लामिछानेसँगै सँगै बसेका ३९ वर्षीय चालक थापा ।
बैशाख ४ गते राति सोहि घरको तीनतलाबाट खसेर गम्भीर घाईते भएका थिए । थापाको आज अन्त्येष्टि गरिँदैछ । लामिछानेका प्रमृुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो । चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution