काठमाण्डौ,२५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका महत्त्वपूर्ण मुख्य तीन वटा ऐन जतिसक्दो चाँडो जारी गरेर कानुन बनाउन सरकार प्रतिबद्ध रहेको दोहोर्याएका छन् । बिहीबार बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेतासहित मुख्यमन्त्रीहरूसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता दोहोर्याएका हुन् ।
साथै सत्ता साझेदार दलहरूबिच राजनीतिक नेतृत्वमा कायमै रहेको केन्द्रीकृत मानसिकताका कारण सङ्घीयता कार्यान्वयनमा अलमल र ढिलासुस्ती हुँदा जनताले पाउनुपर्ने सेवा सुविधा समेत पाउन नसकेको निष्कर्ष निकालेको छ ।
छलफलमा मुख्यमन्त्रीहरूले सङ्घले ऐन नबनाउँदा प्रदेश र स्थानीय तहले समेत आवश्यक कानुन बनाउन नपाएको र बनाए पनि कार्यान्वयन गर्न नसकेको भन्दै सङ्घीयता कार्यान्वयनमा सङ्घ सरकार र राजनीतिक दलहरू समेतले तदारुकता देखाउनुपर्ने धारणा राखेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले कानुन अभावमा सङ्घीयता कार्यान्वयन गर्न अप्ठेरो भएको आफूले समेत महशुस गरेको भन्दै त्यसका लागि आफ्नो तर्फबाट गर्नुपर्ने पहलकदमी कुनै बाँकी नराख्ने आश्वासन दिएका छन् । समाचार रातोपाटी बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution