काठमाडौँ,२६ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गरेका छन् । सभापति देउवाले शुक्रबार काठमाडौँको राष्ट्रियसभा गृहमा जिल्ला सम्मेलनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा कार्यकर्ताको न्यून उपस्थितिप्रति उनले व्यङग्य गरे ।
‘मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ । एक जना बसेको हुन्छ । धन्यवाद है तपाई मेरो भाषण सुन्न बस्नुभएकोमा भन्छन्,’ देउवाले भने, ‘तर, उ भाषण सुन्न होइन माइक आफूले ल्याएकाले बसेको हुन्छ । हाम्रा साथीहरुको लामो बोल्नुपर्ने छ । कुरा सुनाउनै पर्यो । कहिले कहीँ कुरा भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । केही छैन त्यो ।’
यस्तै उनले काठमाडौँ जिल्ला मात्र नभएर देशको राजधानी पनि भएकाले यहाँको जिल्ला सम्मेलनको राष्ट्रिय महत्त्व रहेको बताए । ‘यो जिल्लाको नेपाली कांग्रेसको सम्मेलन भनेको महत्त्वपूर्ण सम्मेलन हो ,’ उनले भने, ‘काठमाडौँको सम्मेलनले राष्ट्रिय रुपमा महत्त्व राख्छ । राष्ट्रिय रुपमा प्रभाव पार्ने निर्णय तपाईँहरूले गर्नुहुने छ भन्ने विश्वास राख्दछु।’
सभापति देउवाले काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलाई आगामी चुनावमा टिकट दिने भन्दै जिताएर पठाउन आग्रह गरे । ‘सबुनलाई टिकट दिएन भन्ने कुरा आयो । अब टिकट दिएर पठाउँदा जिताएर पठाउनु । धन्यवाद भनौँला ,’ देउवाले भने । समाचार रातोपाटी बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution